
एजेन्सी । एट्लेटिक क्लबले स्पेनिस प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा एट्लेटिको डि मड्रिडलाई पराजित गरेको छ ।
बुधवार राति भएको दोस्रो सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा एट्लेटिक क्लबले तुलनात्मक रुपमा बलियो टोली एट्लेटिको डि मड्रिडलाई १–० ले पराजित गरेको हो ।
एट्लेटिकोको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा एलेक्स बेरेन्गुएरले एकमात्र निर्णायक गोल गरे ।
बेरेन्गुएरले खेलको २५ औं मिनेटमा पेनाल्टीमार्फत् निर्णायक गोल गरे ।
घरेलु टोलीमाथि जित निकालेसंगै एट्लेटिक क्लबले सेमिफाइनलमा १–० को अग्रता कायम गरेको छ ।
अब सेमिफाइनलअन्तर्गत् दोस्रो लेग खेल एट्लेटिकको घरेलु मैदान सान मेम्स रंगशालामा मार्च १ तारिखमा हुनेछ ।