एजेन्सी । स्पेनिस क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको दोस्रो सेमिफाइनल खेलको पहिलो लेग खेलमा बार्सिलोनाले अग्रता लिएको छ ।
विहिवार राति भएको खेलमा चिरपरिचित प्रतिद्वन्दी रियल मड्रिडलाई १–० ले पराजित गर्दै बार्सिलोनाले पहिलो लेगमा अग्रता लिएको हो ।
मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउमा भएको खेलमा एकमात्र गोल आत्मघातीमार्फत २६ औं मिनेटमा इदर मिलिताओले गरेका थिए ।
सेमिफाइनलअन्तर्गत दोस्रो एलक्लासिको लेगे अप्रिल ६ तारिखमा क्याम्प नाउमा हुनेछ ।