
एजेन्सी । स्पेनिस प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको अन्तिम १६ अन्तर्गत खेलमा रियल मड्रिड र एट्लेटिको डि मड्रिड खेल्ने भएको छ ।
स्पेनिस प्रतिष्ठित प्रतियोगिताको अन्तिम १६ अन्तर्गत खेलमा साविक विजेता समेत रहेको रियल मड्रिडले छिमेकी प्रतिद्वन्दी एट्लेटिको डि मड्रिडसंग खेल्ने भएको हो ।
मड्रिड डर्बीका रुपमा समेत चिनिने उक्त खेल जनवरी १९ मा एट्लेटिकोको मैदान सिभिटास मेट्रोपोलिटानो रंगशालामा हुनेछ ।
उक्त खेलमा जित्ने टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।