
एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत खेलमा पेरु र चिल्लीले बराबरी खेलेका छन् ।
सनिवार विहान भएको खेलमा पेरु र चिल्लीले गोलरहित बराबरी खेलेका हुन् ।
डलासस्थित एटी एन्ड टी रंगशलामा भएको खेलमा दुबै टोलीले केहि राम्रा अवसर सिर्जना गरेतापनि गोल निकाल्न नसकेपछि खेल गोलरहित बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले समूह ‘ए’ मा एक–एक अंक बाँडेको छ ।