एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकामाअन्तर्गत खेलमा अर्जेन्टिनाले पेरुमाथि सहज जित निकालेको छ ।

आईतवार विहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले पेरुमाथि २–० को सहज जित निकालेको हो ।

चोटका कारण कप्तान लियोनल मेसी अनुपस्थित खेलमा अर्जेन्टिनालाई जिताउन लाउटारो मार्टिनेजले दुबै गोल गरे ।

फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा एन्जेल डि मारियाको पासमा मार्टिनेजले गोल गर्दै साविक विजेता टोलीलाई १–० ले अघि बढाए ।

त्यसपछि ८६ औं मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा अर्जेन्टिना २–० ले विजयी भयो ।

सहज जितसंगै अर्जेन्टिनाले समूह चरणको तीनै खेल सक्दा सबैमा जित निकाल्दै ९ अंक जोडेर समूह ‘ए’ को विजेता बन्यो ।

पराजित पेरु भने तीन खेलमा एकमा बराबरी र दुईमा हारका साथ एक अंक जोडेर तालिकाको पुच्छारमा रह्यो ।

यता, आईतवार विहानै भएको सोहि समूहको अर्को खेलमा क्यानडा र चिल्लीले गोलरहित बराबरी खेलेका छन् ।

फ्लोरिडाको ओर्लान्डोस्थित इन्टर एन्ड को स्टेडियममा भएको खेल बराबरीमा सर्किसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

बराबरी नतिजासंगै क्यानडाले तीन खेलमा एकमा जित, एकमा बराबरी र एकमा हारसहित चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहँदै उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गर्यो ।

समान तीन खेलमा दुईमा बराबरी र एकमा हार बेहोरेको चिल्ली भने दुई अंकसहित तालिकाको तेस्रोमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.