
भक्तपुर । संयुक्त राज्य अमेरिकामा जारी ४८ औं संस्करणको कोपा अमेरिकाको सेमिफाइनल खेलहरु भोली अर्थात् बुधवार विहानबाट सुरु हुँदैछ ।
सेमिफाइनलको पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले क्यानडासंग खेल्दैछ ।
न्यु जर्सीको इस्ट रुथरफोर्डस्थित मेटलाइफ स्टेडियममा हुने खेलमा सहज जित निकाल्दै लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना उपाधि रक्षा अभियानमा एक कडम अगाडी बड्न चाहन्छ ।
यता, कोपा अमेरिकामा पहिलोपल्ट सेमिफाइनलसम्मको यात्रा तय गरेको क्यानडाले पनि बलियो अर्जेन्टिनालाई स्तब्ध पार्दै फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिने पक्क छ ।
उक्त खेल नेपाली समय अनुसार विहानको पौने ६ बजे सुरु हुने तालिका रहेको छ ।
त्यस्तै, कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल विहिवार विहान उरुग्वे र कोलम्बियाको विचमा हुनेछ ।
सो खेल नर्थ क्यारोलिनाको चारलोटेस्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ ।
सो खेल पनि नेपाली समयअनुसार विहान पौने ६ बजे सुरु हुनेछ ।