एजेन्सी । दक्षिण अमेरिकी महादेशको शीर्ष प्रतियोगिता कोनमेबल कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

संयुक्त राज्य अमेरिकामा जारी प्रतियोगिताको समूह चरणका खेलहरु सकिँएसंगै क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

४८ औं संस्करणको कोपा अमेरिकामा दक्षिण अमेरिका महादेशबाट १० र उत्तर अमेरिका महादेशबाट ६ राष्ट्र गरि कुल १६ राष्ट्र सहभागी रहेको छ ।

दक्षिण अमेरिकी शीर्ष फुटबल निकाय कोनमेबल र उत्तर अमेरिकी शीर्ष निकाय कन्काफको रणनैतिक साझेदारीअन्तर्गत ६ उत्तर अमेरिकी राष्ट्रहरु पनि कोपा अमेरिकामा सहभागी भएको हो ।

समूह चरणमा ४ समूहबाट प्रत्येक समूहको विजेता र उपविजेता टोलीले नकआउट चरणमा स्थान बनायो ।

समूह ‘ए’ बाट साविक विजेता अर्जेन्टिना र क्यानडा, समूह ‘बी’ बाट भेनेजुएला र इक्वेडर, समूह ‘सी’ बाट उरुग्वे र पानामा तथा समूह ‘डी’ बाट कोलम्बिया र ब्राजिल अघिल्लो चरणमा प्रवेश गरे ।

समूह चरणबाट बाहिरिने राष्ट्रहरुमा चिल्ली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टारिका र पाराग्वे रहेका छन् ।

अब क्वाटरफाइनलका खेलहरु शुक्रवार विहानदेखि सुरु हुने तालिका रहेको छ ।

क्वाटरफाइनलका खेलहरु निर्धारित ९० मिनेट खेलाइनेछ । निर्धारित समयमा पनि खेलको नतिजा नआए सिधै पेनाल्टी सुटआउटमार्फत नतिजाको छिनोफानो हुनेछ ।

पहिलो क्वाटरफाइनल खेलमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र इक्वेडर खेल्दैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.