
एजेन्सी । वर्तमान विश्व फुटबलका एक स्टार फरवार्ड केलियन एम्बाप्पे स्पेनिस महारथी क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् ।
पेरिस सेन्ट जर्मन (पिएसजी) संगको करार सकिएसंगै एम्बाप्पे युरोपेली च्याम्पियन टोली रियल मड्रिड अनुबन्धित भएका हुन् ।
मड्रिडले फ्रान्सेली राष्ट्रिय टोलीका कप्तान समेत रहेका एम्बाप्पेलाई पाँच वर्षका लागि अनुबन्धित गरेको हो ।
खबर अनुसार एम्बाप्पेले मड्रिडमा ९ नम्बरको जर्सी लगाउने छन् ।