भक्तपुर । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडेका छन् ।

न्युजिल्यान्डले पाकिस्तान भ्रमण गर्नुअघि विलियम्सनले टेस्ट कप्तानी छाडेका हुन् । न्युजिल्यान्डको टेस्ट कप्तानी अब टिम साउथीले गर्ने छन् ।

पाकिस्तान र न्युजिल्यान्डबीच दुई टेस्ट र तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो टेस्ट खेल २६ डिसेम्बर देखि सुरु हुनेछ । टेस्ट खेल भने विलियम्सनले खेल्नेछन् ।

विलियम्सन न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा न्युजिल्यान्डले ४० टेस्ट खेलमा २० मा जित, ८ मा बराबरी र १० खेलमा पराजय बेहोरेको छ ।

विलियम्सनकै कप्तानीमा गत वर्ष साउथह्याप्टनमा न्युजिल्यान्डले फाइनलमा भारतलाई ८ विकेटले हराउँदै पहिलो पटक भएको विश्वकप टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

विलियम्सनले टि–२० र ओडिआईमा भने कप्तानी गर्ने छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.