एजेन्सी । ह्यारी केन प्रेरित बायर्न म्युनिखले बुडेसलिगामा भिएफबी स्टुगार्टमाथि फराकिलो जित निकालेको छ ।
सनिवार राति भएको खेलमा जर्मन महारथी बायर्न म्युनिखले भिएफबी स्टुगार्टमाथि ४–० को फराकिलो जित निकालेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर केनले ह्याट्रिक हान्दा किंगस्ले कोम्यानले एक गोल थपे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५७ औं मिनेटमा जोसुआ किम्मिचको पासमा केनले गोल गर्दै घरेलु टोललाई १–० ले अघि बढाए ।
त्यसको तीन मिनेटपछि नै केनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा म्युनिख २–० ले अघि बढ्यो ।
यता, ८० औं मिनेटमा केनले ह्याट्रिक पूरा गर्दा जर्मन महारथी ३–० को सहज अग्रता सहित अघि बढ्यो ।
खेलको अन्त्यतिर ८९ औं मिनेटमा कोम्यानले गोल थप्दा म्युनिख ४–० ले विजयी भयो ।
फराकिलो जितसंगै म्युनिखले ७ खेलबाट १७ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित स्टुगार्टको भने समान ७ खेलमा ९ अंकसहित तालिकाको ९ औं स्थानमा झरेको छ ।