भक्तपुर । नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुको क्रीतिमानी १०० औं खेलमा नेपालले यमनसंग एएफसी विश्वकप छनोट खेलमा बराबरी खेलेको छ ।

मंगलवार राति भएको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसंग २–२ गोलको बराबरी खेलेको हो ।

साउदी अरबियाको प्रिन्स मोहमेद बिन फाहद स्टेडियममा भएको खेलमा धेरै अर्थमा विशेष रह्यो ।

नेपाली कप्तान किरण राष्ट्रका लागि १०० खेल खेल्ने पहिलो खेलाडी बन्न सफल बन्यो ।

त्यस्तै जारी विश्वकप छनोटमा ५ खेल लगातार हारेको नेपालले छैटौं तथा अन्तिम खेलमा भने बराबरी नतिजा निकाल्न सक्यो ।

यसको अर्थ नेपालले विश्वकप छनोट यात्रा अंकको खाता खोल्दै सुखद अन्त्य गर्न सफल भएको छ ।

त्यसअघिका पाँच खेलमा नेपालले १८ गोल बेहोर्दा गोलको खाता नै खोल्न सकेको थिएन ।

यमनविरुद्व नेपालले सञ्जिब बिष्ट र जिलेस्पी जंग कार्कीमार्फत् दुई गोल गर्न सफल भयो ।

नेपालको विश्वकप छनोट यात्रा दोस्रो चरणमै सकिएपनि एसियन कप छनोट यात्रा भने कायमै रहेको छ ।

एसियन कपको तेस्रो चरणको खेलमा २४ एसियाली राष्ट्रको सहभागिता रहनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.