
भक्तुपुर । दक्षिण अफ्रीकाका अलराउण्डर काल्भिन स्याभेजले नेपाल टि–२० क्रिकेट लिग खेल्ने भएका छन् ।
काल्भिनले लुम्बिनी अल स्टार्सबाट टि–२० लिग खेल्ने भएका हुन् । लुम्बिनीले शनिबार सामाजिक संजालबाट काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
अष्ट्रेलियाका अलराउण्डर बेन कटिङको स्थानमा काल्भिनलाई लुम्बिनीले अनुबन्ध गरिएको जनाएको छ । काल्भिनले ६९ प्रथम श्रेणी, ५२ लिष्ट ए र १९ टि–२० क्रिकेट खेलेका छन् । उनले दक्षिण अफ्रिकाको यू–१९ टोलीबाट पनि खेलिसकेका छन् ।
पहिलो संस्करणको नेपाल टि–२० लिग मंसिर २६ बाट पुस १६ गतेसम्म काठमाडौंको टियू क्रिकेट मैदानमा हुदैछ ।