भक्तपुर । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपाल पराजित भएको छ ।
आईतवार भएको खेलमा नेपाल इरानसंग ३–२ सेटले पराजित भएको हो ।
योसंगै नेपालले जारी प्रतियोगितामा पहिलो हार बोहोर्यो ।
यसअघि नेपालले लगातार दुई खेल जितेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१६ ले गुमायो ।
त्यसपछि दोस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५–१६ ले जित्दै १–१ को बराबरीमा ल्यायो ।
तर, फेरी तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा २–१ ले पछि पर्यो ।
यता, चौथौं सेट भने नेपालले २५–१५ ले जित्यो ।
तर, पाँचौं सेट नेपालले १५–१३ ले गुमाउन पुग्दा हार बेहोर्न पुग्यो ।