भक्तपुर । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपालले ऐतिहासिक जित निकालेको छ ।
सनिवार भएको खेलमा दक्षिण एसियाकै सर्वाधिक बलियो टोली भारतमाथि नेपालले ३–२ सेटको जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१८ ले जित्दा दोस्रो सेट १२–२५ ले गुमायो ।
त्यस्तै, तेस्रो सेटमा पुनः नेपालले २५–१७ ले जित्दा चौथौं सेट भने नेपालले १८–२५ ले गुमायो ।
त्यसपछि पाँचौं सेटमा नेपालले १५–१३ को जित निकाल्दै इतिहास रच्न सफल भयो ।
पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो ।