भक्तपुर । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतसंग पराजित भएसंगै उपविजेतामा सिमित भएको छ ।

बुधवार भएको फाइनल खेलमा नेपाल चिरपरिचित बलियो प्रतिद्वन्दी भारतसंग ३–२ ले पराजित भएसंगै उपविजेतामा सिमित भएको हो ।

योसंगै भारतले काभा महिला भलिबल नेसन्स लिगको उपाधि चुम्न सफल भयो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा पाँचौं तथा अन्तिम सेट नेपालले १५–५ ले हार्न पुग्यो ।

त्यसअघि पहिलो सेट नेपालले २५–२३ ले जित्दा दोस्रो सेट भने भारतले २५–१४ ले जित्यो ।

यता, तेस्रो सेटमा नेपालले पुनः २५–२५ ले जित्दा चौथौं सेट भने भारतले २५–२१ ले जित्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.