एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत खेलमा जिरोनाले काडिजमाथि फराकिलो जित निकालेको छ ।
सनिवार राति भएको खेलमा जिरोनाले काडिजमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
जिरोनाको घरेलु मैदान म्युनिसिपल दि मोन्टिलिभी रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा इरिक गार्सिया, इभान मार्टिन, अर्टेम डोभ्ब्याक र पोर्टुले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि गोन्जालो इस्केलान्टेले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको ९ औं मिनेटमा साभियोको पासमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २२ औं मिनेटमा मिगुएल गुटीरेजको असिस्टमा मार्टिनले गोल थप्दा जिरोना २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७१ औं मिनेटमा गुटीरेजकै पासमा डोभ्ब्याकले गोल थप्दा जिरोना ३–० ले अघि बढ्यो ।
तर, ८१ औं मिनेटमा काडिजका लागि रोगेर मार्टीको पासमा इस्कालान्टेले गोल फर्काउँदा खेल ३–१ को अवस्थामा ल्यायो ।
खेलको ८२ औं मिनेटमा पोर्टुले घरेलु टोलीका लागि गोल थप्दा जिरोना ४–१ ले विजयी भयो ।
फराकिलो जितसंगै जिरोनाले ३२ खेलबाट ६८ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित काडिजको समान ३२ खेलमा २५ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।