भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत इलिमिनेटर खेलमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्समाथि जित हात पार्दै क्वालिफायर २ मा स्थान पक्का गरेको छ ।

सोमवार भएको खेलमा विराटनगरले काठमाडौं नाइट्सलाई ९९ रनले पराजित गरेको हो ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १८३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं १२.४ ओभरमा अलआउट हुँदै ८३ रनमा समेतियो ।

काठमाडौका लागि कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा सर्वाधिक १५ रन जोडे । त्यस्तै, लोकेश बमले १३, कमल सिंह ऐरीले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक्मा रन जोड्न सकेन ।

सन्तोष कार्कीले ८, बसिर अहम्मदले ५ तथा सन्दिप रजाली र सुनाम गौतम समान ४ रनमा आउट भए ।

काठमाडौंलाई सस्तैमा समेत्न विराटनगरका सुर्य तामाङले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, केइअन जोसेप र शाहब अलामले २–२ विकेट लिँदा हुसेन तलातले १ विकेट लिए ।

त्यसअघि टस जितिर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो ।

विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा सर्वाधिक ६१ रन बनाए । रोहित खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।

त्यस्तै, हुसेन तलातले २३ बलमा ३८ रन जोड्दा राज ननानले १७ बलमा २३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।

काठमाडौंका लागि कमल सिंह ऐरी र अनिल खरेलले २–२ विकेट लिए । त्यस्तै, गौतम केसी र अभिनाश बोहराले १–१ विकेट लिए ।

पराजयसंगै काठमाडौं लिगबाट बाहिरिएको छ । अब विराटनगरले क्वालिफायर २ मा फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससंग प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.