
भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको १९ औं खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्समाथि ५ विकेटको जित हात पारेको छ ।
सोमवार भएको खेलमा काठमाडौंले दिएको १६५ रनको विजयी लक्ष्य पोखराले निर्धारित २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पुरा गर्यो ।
पोखराका लागि सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान गरे । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए ।
त्यस्तै, उपुल थराङ्गाले ५८ रनको अर्धशतकिय पारी खेले । आसिफ शेख ७ रनमा आउट हुँदा सिद्वान्त लोहनी ३ रनमा आउट भए । आरिफ शेखले भने खाता नै खोल्न सकेन ।
कुशल मल्ल १४ रनमा नटआउट रहँदा अमिर हाम्जा पनि शुन्य रनमा अविजित रहे ।
काठमाडौंका लागि कमल सिंङ ऐरीले ३ विकेट लिँदा अनिल खरेल र अविनास बोहराले १–१ विकेट हात पारे ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।
काठमाडौंका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान गर्दा सुनाम गौतमले ४५ रन बनाए । त्यस्तै, विरेन दिप सिंह ३२ रन बनाए । आजमतुल्लाह ओमरजाईले ३ रन बनाउँदै आउट भए ।
यता, पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिँदा कुशल मल्ल र प्रतिश जिसीले ज्ञ–१ विकेट लिए ।