भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० को २६ खेल अहिले जारी छ । क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको आजको दोस्रो खेलमा फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्स खेलिरहेको छ ।

टस जित्दै ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभरको खेल खेल्दै १९७ रन बनाएको छ ।

फार वेस्टका लागि हस्मूतुल्लाह हाहिदीले सर्वाधिक ७६ रनको योगदान गरे । त्यस्तै, विनोद भण्डारीले ७३ रनको अर्धशतकिय पारी खेले ।

करन केसी २२ र उमेर अली खान ७ रनमा अविजित रहे । नुर अहम्मद ३ रनमा र मिलिन्दा सिरिवारदाना १ रनमा आउट भए ।

काठमाडौंका लागि बसिर अहम्मदले सर्वाधिक ३ विकेट लिए । अर्को १ विकेट अभिनास बोहराको नाममा रह्यो ।

काठमाडौं केहिबेरमा १९८ रनको विजयी लक्ष्यका साथ मैदान उर्लिर्दैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.