भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको आठौं खेलमा उत्कृष्ट ब्याटिङसँगै काठमाडौं नाइट्सले जनकपुर रोयल्समाथि ५३ रनको जित हात पारेको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको रोयल्सले निर्धारित २० ओभरमा १ सय ५५ रनमा अल आउट भयो ।

जनकपुरका सामिउल्लाह शिनवारीले २७ बलमा २ चौका र १ छक्कासहित २९ रनमा बनाए ।

त्यस्तै, सन्दीप जोराले १२ बलमा १ चौका र २ छक्कासहित २६ रन जोड्दै आउट भए । पवन २४, चाडविक वाल्टन ९, शराफुद्दिन अशरफ १९ र आदिल आलम १६ रन बनाउँदैआउट भए ।

यता, जितेन्द्र मुखिया १३, राजेश पुलामी ७ र सोमपाल कामी ६ रन बनाउँदै आउट भए । काठमाडौंका लागि आजमतुल्लाह ओमरजाईले ३ विकेट लिए ।

त्यस्तै, बसिर अहम्मदले २ विकेट लिए । सुनाम गौतम, अभिनाश बोहरा, कमलसिंह ऐरी र अनिल खरेल १–१ विकेट लिए ।

त्यसअघि क्रितिपूरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ को विशाल रन बनाएको थियो ।

काठमाडौंका एलेक्स ब्लेकले ४३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक सर्वाधिक ८३ रन जोडे । विरनदीप सिंह अर्धशतक बनाउँन मात्र १ रनले चुके । उनले ३४ बलमा ७ चौका र १ छक्कासहित ४९ रन बनाएका थिए ।

ओमरजाई १५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा अविजित रहे । कप्नान ज्ञानेन्द्र मल्ल १ रनमै आउट भए ।

जनकपुरका लागि पवन सरार्फले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी, मोहम्मद आदिल आलम जितेन्द्र मुखिया र सराफुद्धिन अशरफले समान १–१ विकेट हात पारे ।

बुधवार पनि दुई खेल हुँदैछ । भोली पहिलो खेलमा फार वेस्ट युनाइटेडले लुम्बिनी अल स्टार्ससंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, विराटनगर सुपरकिंग्सले पोखरा एभेन्जर्ससंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.