
एजेन्सी । एसी मिलानले इटालियन प्रतियोगिता कोपा इटालियाअन्तर्गत अन्तिम १६ को खेलमा काग्लियारीमाथि फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको प्रतियोगिताअन्तर्गत अन्तिम १६ को खेलमा काग्लियारीमाथि ४–१ को फराकिलो जित निकाल्दै एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मिलानको घरेलु मैदान गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा मिलानका लागि लुका जोभिकले दुई गोल गर्दा चका ट्राउरे र राफयल लियोले एक–एक गोल थपे ।
पराजित टोलीका लागि पाउलो अज्जीले सान्तोना गोल फर्काए ।
खेलको २९ औं मिनेटमा थियो हर्नान्डेजको पासमा लुका जोभिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि ४२ औं मिनेटमा थियो हर्नान्डेजकै पासमा लुका जोभिकले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मिलान खेलमा २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५० औं मिनेटमा चाका ट्राउरेले मिलानका लागि गोल थप्दा खेल ३–० ले अघि बढ्यो ।
तर, खेलको ८७ औं मिनेटमा भ्रमणकारी टोलीका लागि पाउलो अज्जीले एक गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
त्यसपछि निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिकको असिस्टमा राफयल लियोले गोल थप्दा मिलान ४–१ को फराकिलो अन्तरले विजयी भयो ।