
भक्तपुर । कबड्डी खेल समूहमा खेलिने रोमाञ्चक खेल हो ।
कबड्डी खेल दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको खेल हो । नेपाल लगायत भारत, बंगलादेश, पाकिस्तान श्रीलंका लगायतका देशमा यो खेल खेल्ने गरिन्छ ।
नेपालमा अखिल नेपाल कबड्डी संघले कबडी खेलको विकास, विस्तार तथा नेतृत्व गरिरहेको छ ।
हाल कबड्डी संगको अध्यक्षमा तुलशा थापा रहेका छन् भने सदस्य सचिवमा विनोद प्रजापति रहेका छन् ।
नेपाललमा यस खेललाई राष्ट्रिय खेलको रुपमा मानिन्छ । तर, अझै व्यवसायी रुपमा यस खेलको विकास तथा विस्तार हुन सकेको छैन ।
नेपालका कुनाकाप्चासम्म खेलिने यस खेललाई स्थानियदेखि राष्ट्रियस्तरसम्म खेल्ने गरिन्छ ।
भारतलाई यो खेलको जनक मानिन्छ । पश्चिम भारततिर हु तु तु, पूर्वी भागमा हा डु डु, दक्षिण भारतमा च्नेदुगु नामले खेलिने खेलले नै पछि गएर कबड्डी नाम पाएको विश्वास गरिन्छ ।
नेपाल तथा बङ्गलादेशको यो राष्ट्रिय खेल पनि हो साथै यो भारतको तमिलनाडु, महाराष्ट्र, बिहार, आन्ध्र प्रदेश, तेलङ्गाना र पञ्जाब राज्यको राज्य खेल पनि हो ।
यस खेलको नियम सन् १९१८ मा तयार गरिएको थियो भने यस नियमको लिपिबद्ध प्रकाशन १९२३ मा गरिएको थियो ।
सन् १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ ।