एजेन्सी । युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए कन्फेरेन्स लिगमा चेल्सीले फराकिलो जित रचेको छ ।

विहिवार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले अर्मेनियन क्लब नुहमाथि ८–० को एकपक्षिय फराकिलो जित रचेको हो ।

लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिड्ज रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि जाओ फिलिक्स र क्रिस्टोफर एनकोकुले दुई–दुई गोल गर्दा टोसिन अडाराबायोयो, मार्क गुइयु, एक्सल डिसासी र म्याखाइलो मुड¥याकले एक–एक गोल थपे ।

खेल सुरु भएको १२ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा टोसिनले गोल गर्दै घरेलु टोलीले सुरुवाती अग्रता लियो ।

त्यसको एक मिनेटपछि नै गुइयुले गोल थप्दा चेल्सी २–० ले अघि बढ्यो ।

त्यस्तै, १८ औं मिनेटमा फर्नान्डेजकै पासमा डिसासीले गोल गर्दा इंग्लिस क्लब ३–० ले अघि बढ्दा २१ औं मिनेटमा फर्नान्डेजको ह्याट्रिक असिस्टमा फेलेक्सले गोल गर्दा चेल्सी ४–० ले अघि बढ्यो ।

यता, ३९ औं मिनेटमा एनकोकुको पासमा मुड¥याकले गोल गर्दा चेल्सी ५–० ले अघि बढ्यो भने ४१ औं मिनेटमा डिसासीको पासमा फेलेक्सले गोल थप्दा लण्डन क्लब पहिलो हाफसम्ममा ६–० को फराकिलो अग्रतामा अघि बढ्यो ।

दोस्रो हाफको ६९ औं मिनेटमा एनकोकुले गोल थप्दा प्रिमियर लिग क्लब ७–० ले अघि बढ्यो ।

त्यस्तै, ७६ औं मिनेटमा एनकोकुले नै पेनाल्टीमा गोल थप्दा चेल्सी ८–० ले विजयी भयो ।

फराकिलो जितसंगै चेल्सीले ३ खेलबाट शतप्रतिशत जितसहित ९ अंक जोडेर कन्फेरेन्स लिगको तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

पराजित अर्मेनियन क्लबको समान ३ खेलमा ३ अंकसहित तालिकाको २८ औं स्थानमा झरको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.