एजेन्सी । चेल्सीले युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए कन्फेरेन्स लिगमा विजयी सुरुवात गरेको छ ।
विहिवार राति भएको सिजनको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीले बेल्जियम क्लब केएए जेन्टमाथि ४–२ को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा १२ औं मिनेटमा म्याखैलो मुड¥याकको पासमा रेनाटो भेइगाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४६ औं मिनेटमा एक्सेल डेस्साइको पासमा पेड्रो नेटोले गोल थप्दा चेल्सी २–० ले अघि बढ्यो ।
तर, ५० औं मिनेटमा सुयोसी वाटानाबेले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ ले अघि बढ्यो ।
यता, ६३ औं मिनेटमा क्रिस्टोफर एनकोकुले गोल गर्दा चेल्सी ३–१ ले अघि बढ्यो ।
त्यस्तै, ७० औं मिनेटमा केइरान डिउसबुरे हलले गोल गर्दा चेल्सी ४–१ ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ९० औं मिनेटमा जेन्टका लागि ओम्री जेन्डेलम्यानले गोल फर्काउँदा खेल ४–२ ले सकियो ।
जितसंगै चेल्सीले कन्फेरेन्स लिगको तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ ।