
एजेन्सी । ओलम्पियाकोस र फियोरेन्टिना युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा कन्फेरेन्स लिगको उपाधिका लागि आमनेसामने हुँदैछन् ।
ग्रिसको एथेन्सस्थित एजिया सोफिया रंगशालामा हुने फाइनल खेलमा ग्रिक टोली ओलम्पियाकोस र इटालियन क्लब फियोरेन्टिना प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
तीन वर्ष अगाडीबाट मात्रै सुरु भएको युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिताको सेमिफाइनलमा फियोरेन्टिनाले बेल्जियम टोली क्लब बुर्ग र ओलम्पियाकोसले इंग्लिस टोली एस्टन भिल्लालाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो ।
कन्फेरेन्स लिगको फाइनल खेल नेपाली समय अनुसार बुधवार राति पौने १ बजे सुरु हुने तालिका रहेको छ ।
युरोपेली क्लब फुटबलको कान्छो प्रतियोगिताको तेस्रो संस्करणको युरोपेली प्रतियोगितामा विजयी हुने टोलीले अर्को सिजन युईएफए युरोपा लिग खेल्न पाउने छन् ।
यसअघि पहिलो र दोस्रो संस्करणमा क्रमशः इटालियन क्लब रोमा र इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले उपाधि जितेको थियो ।