एजेन्सी । अमेरिकी क्लब इन्टर मियामी अमेरिकी महादेशिय प्रतियोगिता कन्काफ च्याम्पियन्स कपअन्तर्गत क्वाटरफाइनलको पहिलो लेग खेलमा पराजित भएको छ ।

विहिवार विहान भएको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा कप्तान लियोनल मेसीबिना मैदान उत्रिएको इन्टर मियामी मेक्सिकन क्लब मोनटेरीसंग २–१ ले पराजित भएको हो ।

मियामीको घरेलु मैदान चेस रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा म्याक्सिमिलिनाओ मेजा र जोर्गे राड्रिगुएजले गोल गरे ।

घरेलु टोलीका लागि भने टोमस अभिलेसले गोल गरे ।

खेल सुरु भएको १९ औं मिनेटमा जुलियान ग्रिस्सेलको पासमा टोमसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ६५ औं मिनेटमा डेभिड रुइजले दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा घरेलु टोली १० खेलाडीमा समेतियो ।

जसको भरपुर फाइदा भ्रमणकारी टोलीले उठायो ।

६९ औं मिनेटमा मेजाले मेक्सिकन टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ८९ औं मिनेटमा मेजाकै पासमा राड्रिगुएजले गोल थप्दा मेक्सिकन टोली २–१ ले विजयी भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.