एजेन्सी । २२ औं संस्करणको फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ ।

आइतवार राति एसियाली राष्ट्र कतारमा भएको उपाधि भिडन्तको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईब्रेकरमा भएको थियो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी रहँदै विश्व फुटबलको सर्वोच्च उपाधि हात पार्यो । योसंगै अर्जेन्टिनाले तीन पटक विश्वकपको उपाधि उचालेको छ ।

लुसाइल आइकोनिक रंगशालाका भएको खेलमा पहिलो हाफ दक्षिण अमेरिकी देशले दबदबा कायम राख्दै फ्रान्सविरुद्व २–० को अग्रता लिएको थियो ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।

फ्रान्सेली खेलाडी ओसमाने डेम्बेले अर्जेन्टिनी खेलाडीमाथि डी एरियाभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो, जसमा मेसी चुकेनन् ।

त्यसपछि ३६ औं मिनेटमा एन्जेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को सहज अवस्थामा पु¥यायो ।

पहिलो हाफ २–० ले अघि रहेको अजेन्टिना खेलको ८० औं मिनेटमा केलिएन एम्बाप्पेको गोलमार्फत दवावमा आयो ।

एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो । लगत्तै ८१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दा खेल २–२ को बराबरीमा सकिएको थियो ।

त्यसपछि अतिरिक्त ३० मिनेटको समय थपिएको थियो । जसमा १०८ औं मिनेटमा मेसीले खेलमा दोस्रो तथा राष्ट्रका लागि तेस्रो गोल गर्दै खेल ३–२ को अवस्थामा पु¥याएको थियो ।

तर , एम्बाप्पेले खेल सकिन २ मिनेट अघि सनसनी गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।

त्यस अतिरिक्त ३० मिनेटको खेल पनि ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा भयो ।

अर्जेन्टिनाका लागि मेसी, पोलो डिबाला, लिसान्ड्रो पारेदेश र गोन्जालो मोन्टेलले गोल गर्दा फ्रान्सका लागि एम्बाप्पे र रान्डाल कोलो मुनाइले गोल गर्दा किङ्स्ले कोम्यान र युरेलिएन चौआमेनीले मिस गरे ।

योसंगै अर्जेन्टिनाले एसियाली भुमीमा विश्वकपको उपाधि त जित्यो नै साथसाथै लियोनल मेसीलाई सर्वकालिन महान् खेलाडीको दर्जामा पनि ल्याइपु¥यायो ।

विश्वकपको व्यक्तिगत विधामा मेसीले सर्वोकृष्ट खेलाडी बन्दै गोल्डेन बलको अवार्ड हात पार्यो ।

यता, फ्रान्सका केलियन एम्बाप्पेले चर्चित गोल्डेन बुटको अवार्ड हात पार्यो । एम्बाप्पेले उपाधि भिडन्तमा ह्याट्रिक हान्दा कतार विश्वकपमा गोल संख्या ८ पु¥र्याए । उसले मेसी (७) लाई उछिन्दै गोल्डेन बुट जितेका हुन् ।

त्यस्तै, युवा खेलाडी इन्जो फर्नान्डेजले जित्दा गोल्डेन बुट भने इमिलिनाओ मार्टिनेटले जिते ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.