भक्तपुर । कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको प्ले आफ खेलमा मोरक्कोमाथि जित रोमाञ्चक जित हात पार्दै क्रोएसिया तेस्रो हुन सफल भएको छ ।

सनिवार राति भएको खेलमा साविक उपविजेतासमेत रहेको क्रोएसियाले उत्तर अफ्रिकी राष्ट्र मोरक्कोमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।

खालिफा अन्तराष्ट्रिय रंगशालामा खेलको सातौं मिनेटमा क्रोएसियाले अग्रता लिएको थियो । इभान परिसिकको असिस्टमा जोस्को ग्भारदिओलले अकर्षक गोल गर्दै युरोपेली राष्ट्रलाई १–० को अग्रता दिलाएका थिए ।

तर, त्यसको दुई मिनेटमै मोरक्को खेलमा फर्कियो । क्रोएसियाले फाउल गरेपछि प्राप्त फ्रिकिकलाई हाकिम जियाचको प्रहार क्रोएसियाको वालमा बसेको खेलाडीमा डिफ्लेक्ट हुँदै आचरिफ दारीले भेटाएपछि हेडर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

रोमाञ्चक खेलको ४२ औं मिनेटमा मिस्लाभ ओरसिकले आकर्षक गोल गर्दा खेलमा क्रोएसिया फेरी एकपटक २–१ ले अगाडी बढ्यो ।

त्यसपछि दोस्रो हाफमा दुबै टोलीले गोलका राम्रा केहि अवसर सदुपयोग गर्न नसक्दा खेल २–१ ले सकियो ।

एसियाली राष्ट्र कतारमा जारी विश्वकपमा क्रोएसियाले सुखद अन्त्य गर्दा मोरक्कोले पनि इतिहासमै पहिलोपल्ट सेमिफाइनलसम्मको यात्रा तय गरेरे गर्वका साथ घर फर्कने भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.