भक्तपुर । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स आइतवार राति प्रतिस्पर्धामा उत्रिदैछ ।

लुसाईल आइकोनिक रंगशालामा नेपाली समय अनुसार राति पौने ९ बजे उपाधि भिडन्त सुरु हुनेछ ।

जारी विश्वकपमा अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोमाथि जित हात पार्दै उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि यी दुई राष्ट्र अघिल्लो संस्करणको रसिया विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । नकआउट चरणको उक्त प्रतिस्पर्धामा फ्रान्स ४–३ ले विजयी रहेको थियो ।

तर, आज उपाधि भिडन्तमा यी दुई राष्ट्र आमनेसामने हुँदैगर्दा अवस्था केहि फेरिएको छ ।

अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा बलियो र एक जुट देखिरहँदा फ्रान्सलाई भने फ्लुले सताएको छ ।

फ्रान्सका महत्वपूर्ण सदस्य भरान लगायत फ्लु ग्रसित भएको समाचार बाहिरिएको छ । यस्तोमा साविक विजेता राष्ट्रलाई उपाधि रक्षा अभियानको अन्तिम खेलमा थोरै चिन्ता थपिएको हुन सक्छ ।

तर केलियन एम्बाप्पे, एन्टोनी ग्रीजमन जस्ता विश्व स्तरिय खेलाडीले कुनैपनि समय खेललाई फ्रान्सेली पक्षमा परिर्वतन गराउन सक्छ ।

अहिलेसम्म यी दुई राष्ट्रले दुई–दुईपटक विश्वकप उपाधि उचालिसकेको छ । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्दा फ्रान्सले पछिल्लोपटक सन् २०१८ को विश्वकप उचालेको थियो ।

वर्तमान फुटबलका सर्वकृष्ट खेलाडी लियोनल मेसीले सम्भवतः अन्तिम विश्वकप खेलिरहँदा २२ औं संस्करणको विश्वकप उपाधि उचाल्न हरसम्भव प्रयास गर्नेछ । यता, उसलाई रोक्दैै उपाधि रक्षा गर्ने फ्रान्सको दाउ हुनेछ ।

फाइनल खेल धेरै अर्थमा रोमाञ्चक हुने आकलन गर्न सकिन्छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.