
एजेन्सी । अइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्वाटरफाइनल खेलमा गिनीमाथि सहज जित निकाल्दै डिआर कंगो सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्रवार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा गिनीमाथि पुनरागमन ३–१ को जित निकाल्दै डिआर कंगो अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्टेड ओलम्पिक अलास्सेन क्वाटारा रंगशालामा भएको खेलमा कंगोका लागि चान्सेल एमबेम्बा, योआने विस्सा र अर्थर मासुआकुले गोल गर्दा गिनीका लागि मोहमेद बायोले एक गोल गरे ।
खेल सुरु भएको २० औं मिनेटमा बायोको गोलमार्फत् गिनीले सुरुवाती अग्रता लियो ।
तर, २७ औं मिनेटमा एमबाम्बेले कंगोका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ६५ औं मिनेटमा विस्साले पेनाल्टीमा गोल गर्दा कंगो २–१ ले अघि बढ्यो ।
यता, ८२ औं मिनेटमा मासुआकाले गोल थप्दा कंगो ३–१ ले विजयी भयो ।
त्यस्तै, गयराति नै भएको पहिलो क्वाटरफाइनल खेलमा नाइजेरियाले अंगलोमाथि १–० को जित निकालेको छ ।
फेलेक्स हौपौएट बोइग्नी रंगशालामा भएको खेलमा ४१ औं मिनेटमा मोसेस सिमोनको असिस्टमा अडेमोला लुकम्यानले एकमात्र निर्णायक गोल गरे ।
महत्वपूर्ण जितसंगै नाइजेरिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।