एजेन्सी । युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा कन्फेरेन्स लिगको उपाधि ओलम्पियाकोसले जितेको छ ।
बुधवार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनामाथि १–० को जित हासिल गर्दै ग्रिक टोली ओलम्पियाकोसले तेस्रो संस्करणको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो ।
ग्रिसको एथेन्सस्थित एजिया सोफिया रंगशालामा घरेलु टोलीलाई जिताउन अयुब इल काबीले एकमात्र निर्णायक गोल गरे ।
रोमाञ्चक खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट लम्बियो ।
ट्राइब्रेकर उन्मुख खेलको ११६ औं मिनेटमा सान्टियागो हेज्जेको पासमा काबीले गोल गर्दा ग्रिक टोली १–० ले विजयी भयो ।
युरोपा कन्फेरेन्स लिग जितेसंगै ओलम्पियाकोस अर्को सिजका लागि युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगमा छनोट भएको छ ।