एजेन्सी । साविक विजेता इंग्ल्याण्डले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा एसोसियट राष्ट्र ओमानमाथि सहज जित निकालेको छ ।

विहिवार राति भएको खेलमा बलियो इंग्ल्याण्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो ।

सहज जितसंगै इंग्ल्याण्डले दोस्रो चरण पुग्ने सम्भावना कायमै राखेको छ ।

समूह ‘बी’ मा ३ खेलबाट १ मा जित १ मा बराबरी र १ मा हारको नतिजासहित ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।

पराजित ओमानले भने समूह चरणका सबै ४ खेल खेलिसक्दा सबैमा हार बेहोर्यो ।

वेस्ट इन्डिजको सर भिभान रिर्चाड्स स्टेडियममा भएको खेलमा ४८ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले मात्र ३.१ ओभरमा २ विकेट गुमाउँदै ५० रन जोड्यो ।

इंग्ल्याण्डको जितमा कप्तान तथा विकेटकिपर जोस बटलरले ८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान फिल साल्टले ३ बल खेल्दै २ छक्का प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, जोनी बाइस्ट्रोले २ बलमा २ चौका प्रहार गर्दै ८ रन जोडेर अविजित रहँदा विल ज्याक्सले ७ बल खेल्दै १ चौका मद्दतमा ५ रन जोडेर पेविलियन फर्कियो ।

साविक विजेता टोलीले अतिरित्तः रुपमा १ रन जोड्यो ।

ओमानका लागि बलाल खान र कालेमुल्लाहले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेको इंग्ल्याण्डले ओमानलाई पहिला ब्याटिङमा निम्त्यायो ।

ओमानका लागि सोयाब खानले २३ बलमा १ चौका मद्दतमा ११ रन जोड्दै आउट हुँदा अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कश्यप प्रजापति ९, कप्तान कप्तान अकिब इलियास ८, विकेटकिपर प्रतिक अथाभाले र कालेम्मुलाह समान ५–५, फायाज बुट २, जिशान मकसुद, खालिद खाइल र आयान खान १–१ रनमा पेविलियन फर्किए ।

यता, मेहरान खान र बिलाल खानले अंकको खाता नै खोल्न सकेनन् ।

ओमानले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

ओमानलाई सस्तैमा अलआउट गर्न इंग्ल्याण्डका लागि अदिल राशिदले ४ अ‍ोभर बलिङ गर्दै ११ रन दिएर सर्वाधिक ४ विकेट लिँदा मार्क उडले ३ अ‍ोभर बलिङ गर्दै १२ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, जोर्फा आचरले ३.२ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित १२ रन दिएर ३ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.