एजेन्सी । आईसीसी टि–२० विश्वकपअन्तर्गत पहिलो खेलमा उपाधि दाबेदार अष्ट्रेलियाले ओमानमाथि सहज जित निकालेको छ ।

विहिवार विहान भएको दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले एसोसियट राष्ट्र ओमानमाथि ३९ रनको सहज जित निकालेको हो ।

सहज जितसंगै समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले महत्वपूर्ण २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

वेस्ट इन्डिजको बारबाडोसस्थित केनसिङटोन ओभल रंगशालामा भएको खेलमा १६५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरको इनिङ्स खेल्नेक्रममा ९ विकेट गुमाउँदै १२५ रन जोड्यो ।

बलियो राष्ट्रविरुद्व राम्रो प्रदर्शन देखाएको एसोसियट राष्ट्र ओमानका लागि आयान खानले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडेर आउट हुँदा मेहरान खानले १६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान अकिब इलियासले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा शकिल अहमदले १० बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान कश्यप प्रजापति ७, खालिद काइल ८ र जिशान मकशुद १ रनमा आउट हुँदा ओमानका अन्य २ ब्याट्सम्यान अंकको खाता नै नखोली पेविलयन फर्किए ।

कालेम्मुलाह ६ र बिलाल खान १ रनमा अविजित रहे ।

ओमानले अतिरिक्त रुपमा १० रन जोड्यो ।

ओमानमाथि सहज जित निकाल्न अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ३ विकेट लिँदा मिट्चेल स्टार्क, नाथान इलिस र एडम जाम्पाले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १६४ रन जोड्यो ।

अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ५१ बल खेल्नेक्रममा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, मिट्चेल मार्शले २१ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा ट्राभिस हेडले १० बल खेल्दै २ चौका प्रहार गरेर १२ रन जोडेर पेविलियन फर्किए ।

टिम डेभेड ९ रनमा रनआउट हुँदा ग्लिन म्याक्सवेल शुन्य रनमा पेविलियन फर्किए ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

ओमानका लागि मेहरान खानले ४ ओभर बलिङ गर्दा ३८ रन दिएर २ विकेट लिँदा बिलाल खान र कालेमुल्लाहले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.