एजेन्सी । अफगानिस्तानले एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज (ओडिआई सिरिज) अन्तर्गत खेलमा आयरल्याण्डलाई पराजित गरेको छ ।

विहिवार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ३५ रनले पराजित गरेको हो ।

योसंगै ३ खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता लिएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) को सारजाह क्रिकेट रंगशालामा भएको खेलमा ३११ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्ड निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २७५ रनमा समेतिएसंगै अफगानिस्तान ३५ रनले विजयी भयो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले १४७ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १३८ रनको शतकिय पारी खेल्दा विकेटकिपर लोर्कान टक्टरले ७६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ८५ रनको अर्धशतकिय पारी खेले ।

यता, आयरल्याण्डका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ग्राहम हुम ९ रनमा अविजित रहँदा थियो भान वएर्कम २ रनमा अविजित रहे ।

त्यस्तै, कर्टिस काम्पफेर ९, कप्तान पाउल स्टिर्लिङ र जर्ज डकरेल समान ५–५, एन्ड्रेयु बालबिरनेई र मार्क अडाइर ४–४ रन जोड्दै पेविलियन फर्किए ।

आयरल्याण्डले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

आयरल्याण्डलाई सस्तैमा समेत्दै जित निकाल्न अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिँदा अज्मतुल्लाह ओमरजाईले २ विकेट लिए ।

त्यस्तै, गुलबदिन नैब र नुर अहमदले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३१० रन जोड्यो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले ११७ बलमा ८ चौका र ६ छक्का प्रहार र्गै १२१ रनको शतकिय पारी खेल्दा अर्का ओपनर इब्राहिम जदरानले ९३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, कप्तान गुलबदिन नाइबले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाउँदा मोहम्मद नाबीलृे २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट भए ।

यता, हश्मतुल्लाह शाहिदीले २० बलमा १ छक्का मद्दतमा १९ रन जोडेर आउट हुँदा रहमत शाह भने २ रनमा पेविलियन फर्किए ।

गुलबदिन नाइब भने ८ रनमा अविजित रहे ।

अफगानिस्तानले अतिरिक्त रुपमा १० रन जोड्यो ।

आयरल्याण्डका लागि थियो भान वयरकोमले ३ विकेट लिँदा ग्राहम हुम र क्राइग योङ्गले समान १–१ विकेट लिए ।

सिरिजअन्तर्गत दोस्रो खेल सनिवार हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.