एजेन्सी । श्रीलंकाले तीन खेलको एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत दोस्रो खेलमा भारतलाई हराएको छ ।

आईतवार भएको खेलमा श्रलंकाले भारतलाई ३२ रनले हराएको हो ।

योसंगै सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ ।

यसअघि भएको सिरिजअन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो ।

श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २४१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत ४२.२ ओभरमा अलआउट हुँदा मात्र २०८ रनमा समेतियो ।

भारतका लागि कप्तान रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रनको अर्धशतकिय पारी खेल्दा अक्षर पटेलले ४४ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, शुभमन गिलले ४४ बलमा ३ चौका प्रहार गर्दै ३५ रन जोडेर आउट हुँदा वासिङटन सुन्दरले ४० बलको सामना गर्दा १५ रन जोडेर पेविलियन फर्किए ।

यता, विराट कोहोलीले १९ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा श्रेयस ऐयर ७, मोहम्मद सिराज ४ र अर्शदिप सिंह ३ रनमा पेविलियन फर्किए ।

कुलदिप यादव ७ रनमा अविजत रहँदा विकेटकिपर केएल राहुल र शिभम् दुबे शुन्य रनमा पेविलियन फर्किए ।

भारतले अतिरिक्त रुपमा १५ रन जोड्यो ।

भारतलाई अलआउट गर्दै जित रच्न श्रीलंकाका लागि जेफ्री भानडेरसेले १० ओभर बलिङ गर्दै ३३ रन दिएर सर्वाधिक ६ विकेट लिए ।

त्यस्तै, कप्तान चरिथ असलंकाले ६.२ ओभरमा २ मेडनसहित २० रन दिएर ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २४० रन जोड्यो ।

घरेलु टोलीका लागि अभिषेका फेर्नान्डोले ६२ बलमा ५ चौका प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा कामिन्दु मेन्डिसले ४४ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ४० रन जोडेर रनआउट भए ।

त्यस्तै, दुनिथ वेल्लालागेले ३५ बलमा १ चौका र २ छक्का ्रहार गर्दै ३९ रन जोडेर आउट हुँदा विकेटकिपर कुशल मेन्डिसले ४२ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।

चरिथ असलंकाले ४२ बलमा ३ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा अलिका धनन्जयले १३ बल खेल्दै २ चौका प्रहार गरेर १५ रन जोडेर रनआउट भए ।

यता, सदिरा समराविक्रमाले ३१ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा जनिथ लियानेजले २९ बल खेल्नेक्रममा १२ रन जोडेर पेविलियन फर्किए ।

जेफ्री भानडेरसे १ रनमा अविजित रहँद पाथुम निस्संका शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा २४ रन जोडेयो ।

भारतका लागि वासिङटन सुन्दरले १० ओभर बलिङ गर्दै १ मेडनसहित ३० रन दिएर ३ विकेट लिँदा कुलदिप यादवले २, अक्षर पटेल र मोहम्मद सिराजले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.