एजेन्सी । न्युजिल्याण्डविरुद्वको एकदिवसिय अन्तर्राष्ट्रिय श्रीङखला (ओडिआई सिरिज) मा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

बुधवार राति भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई डिएलएस पद्दतिमा ४५ रनले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको हो ।

योसंगै ३ खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको छ ।

श्रीलंकाको दमबुल्लास्थित रनगिरि दमबुल्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा डिएलएस पद्दतिमार्फत् प्राप्त २२१ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले २७ ओभरमा ९ विकेट गुमाउँदै मात्र १७५ रन जोड्न सक्यो ।

दोस्रो इनिङ्समा वर्षाले खेल प्रभावित बनेपछि निर्धारित ५० ओभरबाट २७ ओभरमा झार्दै ३२५ रनको लक्ष्यलाई डिएलएस पद्दतीबाट १७५ रनमा झारिएको थियो ।

न्युजिल्याण्डका लागि ओपनर ब्याट्सम्यान विल योङ्गले ४६ बलमा ८ चौका प्रहार गरेर ४८ रन जोड्दा अर्का ओपनर टिम रोविन्सनले ३६ बल खेल्दै ४ चौका प्रहार गरेर ३५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, माइकल ब्रेसवेलले ३२ बलमा ५ चौका प्रहार गर्दै ३४ रन जोडेर अविजित रहँदा विकेटकिपर मिट्चेल हेले ९ बल खेल्नेक्रममा १ छक्का प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।

यता, कप्तान मिट्चेल सान्टेनर, ग्लिन फिलिप्स र नाथान स्मिथ ९–९, हेनरी निकोल्स ६ तथा मार्क चापम्यान २ रनमा पेविलियन फर्किदा इश सोधी शुन्य रनमा पेविलियन फर्किए ।

जाकोब दुफी भने ४ रनमा अविजित रहे ।

न्युजिल्याण्डले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

भ्रमणकारी टोलीमाथि जित निकाल्न श्रीलंकाका लागि दिलशान मधुशंकाले ३ विकेट लिँदा कप्तान चरिथ असलंका र महेश थिकशानाले २–२ तथा जेफ्रे भानडेर्सेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिण्मा उत्रिएको श्रीलंकालृे निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाएर ३२४ रनको विशाल योगफल तयार गर्यो ।

घरेलु टोलीका लागि विकेटकिपर कुसल मेन्डिसले १२८ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक १४३ रनको शतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान अभिष्का फेर्नान्डोले ११५ बल खेल्नेक्रममा ९ चौका र २ छक्का प्रहार गर्दै १०० रनको शतकिय पारी खेले ।

त्यस्तै, चरिथ असलंकाले २८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा अर्का ओपनर पाथुम निस्सांकाले १० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।

यता, जनिथ लियानागेले १३ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर अविजित रहँदा सदिरा समराविक्रमाले ५ रन बनाएर पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

न्युजिल्याण्डका लागि जाकोब दफीले ३ विकेट लिँदा माइकल ब्रेसवेल र इश सोधीले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.