एजेन्सी । भारत र श्रीलंकाबीचको एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिजअन्तर्गत पहिलो खेल बराबरीमा सकिएको छ ।

शुक्रवार भएको सिरिजअन्तर्गत पहिलो खेल बराबरीमा सकिएको हो ।

३ खेलको सिरिजमा अब दुई खेल बाँकी छ ।

श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २३१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत ४७.५ ओभरमा अलआउट हुँदा २३० रनमा रोकियो ।

भारतका लागि कप्तान रोहित शर्माले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा अक्षर पटेलले ५७ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।

विकेटकिपर केएल राहुलले ४३ बलमा २ चौका प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा श्रेयस ऐयरले २३ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, सिभम् दुबेले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा विराट कोहलीले ३२ बल खेल्दै २ चौका प्रहार गरेर २४ रन जोड्दै पेविलियन फर्किए ।

यता, शुभमन गिलले ३५ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा वासिङटन सुन्दर ५, कुलदिप यादव २ र अर्शदिप सिंह शुन्य रनमा पेविलियन फर्किए ।

मोहम्मद सिराज भने ५ रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

भारतलाई अलआउट गर्न श्रीलंकाका लागि कप्तान चरिथ असलंका र वानिन्दु हसरंगाले समान ३–३ विकेट लिँदा दुनिथ वेल्लालागेले २ तथा असिथा फेर्नान्डो र अलिका धनन्जयले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २३० रन जोड्यो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले ६५ बल खेल्नेक्रममा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन जोडेर अविजित रहँदा पाथुम निस्संकाले ७५ बलमा ९ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, वानिन्दु हसरंगाले ३५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा जनिथ लियनागेले २६ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।

यता, अकिला धनन्जयले २१ बलमा २ चौका प्रहार गरेर १७ रन जोड्दै आउट हुँदा कप्तान चरिथ असलंकाले २१ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।

सदिरा समराविक्रमा ८ र अभिषेका फेर्नान्डो १ रनमा आउट हुँदा मोहमेद शिराज १ रनमा अविजित रहे ।

श्रीलंकालृे अतिरिक्त रुपमा ८ रन जोड्यो ।

भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २–२ विकेट लिँदा मोहम्मद सिराज, सिभम् दुवे, कुलदिप यादव र वासिङटन सुन्दरले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.