![465567538_1109729931157071_1271582322449148560_n](https://i0.wp.com/www.kheldabali.com/wp-content/uploads/2024/11/465567538_1109729931157071_1271582322449148560_n.jpg?resize=696%2C391&ssl=1)
एजेन्सी । अफगानिस्तानले एकदिवसिय अन्तराष्ट्रिय सिरिज (ओडिआई सिरिज) मा बंगलादेशलाई पराजित गरेको छ ।
बुधवार राति भएको ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ९२ रनले पराजित गरेको हो ।
योसंगै ३ खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता लिएको छ ।
युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा २३६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ३४.३ ओभरमा अलआउट हुँदा मात्र १४३ रनमा समेतियो ।
बंगलादेशका लागि कप्तान नाजमुल हुसेन शान्तोले ६८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान सौम्य सरकारले ६ चौका प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, मेहिदे हसन मिराजले ५१ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै २८ रन जोडेर आउट हुँदा तौहिद हृदयले २१ बलमा ११ रन जोडेर पेविलियन फर्किए ।
यता, बंगलादेशका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मुस्ताफिजुर रहमान ३ रनमा अविजित रहँदा अर्का ओापनर तान्जिद हसन ३, महमुदुल्ला २, विकेटकिपर मुस्ताफिजुर रहिम, रिशाद हुसेन र शोरिफुल इस्लाम समान १–१ रनमा पेविलियन फर्किए ।
तास्किन अहमेदले भने अंकको खाता नै खोल्न सकेनन् ।
बंगलादेशले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
बंगलादेशलाई सस्तैमा अलआउट गर्दै सहज जित निकाल्न अफगानिस्तानका लागि अल्ला घजानफरले सर्वाधिक ६ विकेट लिँदा राशिद खानले २, मोहम्मद नाबी र अजमतुल्लाह ओमारजायीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २३५ रन जोड्यो ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले ७९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रनको अर्धशतकिय पारी खेल्दा कप्तान हस्मतुल्लाह शाहिदीले ९२ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, नान्गेयालिया खरोतेले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर अविजित रहँदा गुलबदिन नाइबले ३२ बल खेल्दै ३ चौका प्रहार गरेर २२ रन जोड्दै पेविलियन फर्किए ।
यता, ओपनर ब्याट्सम्यान सेदिक्वेला अटलले ३० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर रहमानुल्लाह गुरबाज ५ र रहमत शाह २ रनमा पेविलियन फर्किए ।
अफगानिस्तानका ३ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
बंगलादेशका लागि तास्किन अहमेद र मुस्ताफिजुर रहमानले समान ४–४ विकेट लिँदा शोरिफुल इस्लामले अर्को १ विकेट लिए ।
सिरिजअन्तर्गत दोस्रो खेल सनिवार हुनेछ ।