भक्तपुर । नेपालले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) वरीयतामा एक स्थान माथि उक्लिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो ।
प्रत्येक महिना सार्वजनिक गरिने वरियतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १७ औं स्थानमा रहेको थियो ।
नयाँ सार्वजनिक वरियतामा भारत शीर्ष स्थानमा रहेको छ ।
दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड रहँदा पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, अफगानिस्तान र वेस्ट इन्डिज चौथौं देखि १० औं सम्म रहेका छन् ।