एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा एस्टन भिल्लासंग लिभरपूल बराबरीमा रोकिएको छ ।

सोमवार राति भएको खेलमा एस्टन भिल्लासंग लिभरपूल ३–३ को बराबरीमा रोकिएको हो ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि जोन डुरानले दुई गोल गर्दा योरी टाइलिम्यान्सले एक गोल गरे ।

यता, भ्रमणकारी टोलीका लागि कोडी गाक्पो र जरेल क्वानसाहले एक–एक गोल गर्दा अर्को एक गोल एस्टन भिल्लाका गोलकिपर इमिलिनाओ मार्टिनेजको आत्मघातीबाट प्राप्त गर्यो ।

खेल सुरु भएको दोस्रो मिनेटमै भिल्लाका गोलकिपरको आत्मघाती गोलमार्फत् लिभरपूलले सुरुवाती अग्रता लियो ।

तर, १२ औं मिनेटमा घरेलु टोलीका लागि ओले वाट्किन्सको पासमा टाइलिम्यान्सले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि २३ औं मिनेटमा गाक्पोले मर्सिसाइड क्लबका लागि गोल थप्दा खेल २–१ को अवस्थामा अघि बढ्यो ।

यता, दोस्रो हाफको ४८ औं मिनेटमा हार्भे इलियोटको पासमा जरेलले गोल थप्दा लिभरपूल ३–१ ले अघि बढ्यो ।

त्यसपछि लिभरपूलले खेलको अन्तिम केहि समय सम्हालिन नसक्दा बराबरीम चित्त बुझाउन पर्यो ।

खेलको ८५ औं मिनेटमा भिल्लाका कलुम च्याम्बर्सको पासमा डुरानले गोल फर्काउँदा खेल ३–२ को अवस्थामा आयो ।

त्यसको तीन मिनेटपछि नै डुरानले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा खेल ३–३ को बराबरीमा सकियो ।

बराबरीसंगै लिभरपूलले ३७ खेलमा ७९ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।

योसंगै औपचारिक रुपमै लिभरपूल प्रिमियर लिगको उपाधि होडबाट बाहिरिएको छ ।

यता, जारी सिजन उत्कृष्ट प्रदर्शन गरेको एस्टन भिल्लाले भने ३७ खेलबाट ६८ अंक जोड्दै तालिकाको चौथौं स्थानमा रहेको छ ।

एस्टन भिल्लाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बढेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.