एजेन्सी । जारी सिजन खराब लयबाट गुज्रिरहेको चेल्सीले इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपअन्तर्गत खेलमा एस्टन भिल्लामाथि सहज जित निकालेको छ ।

बुधवार राति भएको चौथौं चरण चरणअन्तर्गत रिपिट खेलमा लण्डन क्लब चेल्सीले प्रिमियर लिग प्रतिद्वन्दी एस्टन भिल्लामाथि ३–१ को सहज जित निकालेको हो ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्क रंगशालामा भएको खेलमा चेल्सीको जितमा कोनोर गालाघर, निकोलास ज्याक्सन र इन्जो फर्नान्डेजले गोल गरे ।

उता, घरेलु टोलीका लागि मौस्सा ड्याबेले सान्तोना गोल फर्काए ।

खेल सुरु भएको ११ औं मिनेटमा नोनी माद्वेकेको पासमा गालाघरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि २१ औं मिनेटमा मालो गुस्टोको असिस्टमा ज्याकसनले गोल थप्दा चेल्सी २–० ले अघि बढ्यो ।

यता, दोस्रो हाफको ५४ औं मिनेटमा फ्रिकिकमार्फत् फर्नान्डेजले दर्शनिय गोल थप्दा चेल्सी ३–० को आरामदायी अग्रतातर्फ लम्कियो ।

उता, खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा घरेलु टोलीका लागि जाकोब रामसेको असिस्टमा ड्याबेले सान्तोना गोल फर्काउँदा खेल ३–१ ले सकियो ।

सहज जितसंगै चेल्सी एफए कपको पाँचौं चरण प्रवेश गरेको छ ।

पराजित एस्टन भिल्ला भने प्रतियोगिताबाट बाहिरिएको छ ।

गयराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब नटिङघम फोरेस्टले च्याम्पियनसिप क्लब बिस्टोल सिटीमाथि ट्राइब्रेकरमा ५–३ को जित निकालेको छ ।

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरमार्फत् लिइएको हो ।

ट्राइब्रेकरमा विजयी भएसंगै फोरेस्ट अघिल्लो चरण प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.