
एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा एस्टन भिल्लामाथि प्रतिस्पर्धात्मक जित निकालेको छ ।
आईतवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्क स्टेडियममा भएको खेलमा युनाइटेडको जितमा रासमुस होइलुन्ड र स्टक म्याकटोमनीले गोल गरे ।
घरेलु टोलीका लागि डग्लास लुइजले एक गोल फर्काए ।
खेल सुरु भएको १७ औं मिनेटमा ह्यारी मग्वायरको असिस्टमा होइलुन्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।
एक गोलले पछि परेपटि भिल्लाले निरन्तर युनाइटेडविरुद्व आक्रमण बुनिरह्यो ।
परिणामतः दोस्रो हाफको ६७ औं मिनेटमा लुइजले भिल्लाका लागि बराबरी गोल फर्काए ।
तर, परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका म्याकटोमनीले डिएगो ड्यालोटको क्रसमा हेडमार्फत् गोल गर्दै युनाइटेडलाई २–१ ले जिताए ।
महत्वपूर्ण जितसंगै युनाइटेडले २४ खेलमा ४१ अंक जोड्दै तालिकाको छैटौं स्थानमा कायम रहेको छ ।
पराजित घरेलु टोलीको भने समान २४ खेलमा ४६ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।