
भक्तपुर । एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा हुने पहिलो संस्करणको एसीसी महिला प्रिमियर कप २०२४ खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्सीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुविना क्षेत्री, सिता राणामगर, काजोल श्रेष्ठ, पुजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुनवार, सम्झना खड्का, रोमा थापा दल्ली भट्ट र अस्मिना कर्मचार्य समेतिएका छन् ।
महिला टोलीको मुख्य प्रशिक्षकमा मनोज कटवाल रहँदा जानकी भट्ट सहायक प्रशिक्षक रहेका छन् ।
फ्रेबअरी १० देखि १८ तारिख अर्थात् माग २७ देखि फागुन ६ गतेसम्म हुने मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ एसियाली राष्ट्रको सहभागिता रहनेछ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
समूह ‘डी’ मा रहेको नेपालले २७ गते हङकङसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।