एजेन्सी । १० एशोसियट एसियाली राष्ट्रको सहाभागिता रहने दोस्रो संस्करणको एसीसी प्रिमियर कप अर्को सातादेखि सुरु हुँदैछ ।

ओमानमा हुने दोस्रो संस्करणको प्रतियोगिता भने अप्रिल १८ देखि मे २ तारिखसम्म सञ्चालन हुने तालिका रहेको छ ।

टि–२० ढाँचामा हुने प्रतियोगितामा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार, साउदी अरबिया र कम्बोडिया सहभागी हुँदै छन् ।

थाइल्याण्डमा यसै बर्ष सम्पन्न भएको एसीसी च्यालेन्जर कपबाट साउदी अरबिया र कम्बोडियाले प्रिमियर कपमा स्थान बनाएका हुन् ।

राउण्ड एण्ड रोविन र नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता नेपालसहित कतार, हङकङ, मलेसिया, कतार र साउदी अरबिया रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

समूह चरणमा प्रत्येक समूहका शीर्ष दुईमा अताउने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले प्रिमियर कपलाई आसन्न टि–२० विश्वकपको तयारीको रुपमा लिएको छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन संस्करण अर्थात् पहिलो संस्करण नेपालले जितेको थियो ।

नेपालमै भएको अघिल्लो संस्करणको प्रतियोगिता एकदिवसिय ढाँचामा सञ्चालन भएको थियो ।

जसमा नेपालले युएईलाई फाइनलमा फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.