भक्तपुर । जारी फिफा विश्वकपको बुधवार राति भएको दुबै खेलमा एसियाली राष्ट्रहरु पराजित भएसंगै एसियाली महादेशको विश्वकप यात्रा टुंगिएको छ ।

दोस्रो चरणको खेलमा एसियाका तीनै राष्ट्रले पराजय बेहोरेसंगै विश्व फुटबलको सर्वाधिक लोकप्रियबाट एसिया बहिरिएको हो ।

गयरातिको दोस्रो तथा अन्तिम खेलमा उपाधि दाबेदार राष्ट्र ब्राजिलले दक्षिण कोरियामाथि ४–१ को फाराकिलो जित निकालेसंगै एसियाली राष्ट्रहरु एसियामै भईरहेको विश्वकपबाट बाहिरिएको हो ।

३२ राष्ट्रको सहभागिता रहेको यो पालीको विश्वकपमा ६ एसियाली राष्ट्रहरुको सहभागिता थियो । आयोजक राष्ट्र कतारसंगै इस्लामिक राज्य इरान, साउदी अरबिया, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया एसिया महादेशबाट सहभागी थिए ।

यसअघि समूह चरणबाटै आयोजक कतार, इरान र साउदी अरबिया बाहिरिएका थिए । बाँकी तीन राष्ट्रहरुले दोस्रो चरण तय गर्दा क्वाटरफाइनल भने प्रवेश गर्न सकेन ।

अस्ट्रेलिया अर्जेन्टिनासंग २–१ ले पराजित रहँदा जापान साविक उपविजेता क्रोएसियासंग पेनाल्टी सुटआउटमा पराजित रहे । त्यस्तै, दक्षिण कोरिया पनि बलियो ब्राजिलसंग पराजित रहे ।

पराजयसंगै तीनवटै राष्ट्र अन्तिम १६ बाटै घर फर्कन बाध्य बन्यो । योसंगै एसियाली राष्ट्रहरुले कतार विश्वकप यात्रा टुंग्याएको छ ।

एसियाली राष्ट्रले विश्वकप जित्ने सपना अब कम्तीमा पनि सन् २०२६ सम्मका लागि टाढिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.