
एजेन्सी । नेपाली क्रिकेटका लेजेण्ड पारस खड्काले लेजेण्डस् लिग क्रिकेट खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका पारसले एसिया लायन्सबाट खेल्न लागेका हुन् ।
लेजेण्डस् लिगमा संन्यास लिइसकेका लेजेण्डरी क्रिकेटरले खेल्ने गर्दछन् । उक्त लिगमा इन्डिया महारजस्, एसिया लायन्स र वल्र्ड जायन्स गरी तीनबटा फ्रेन्चाइज टिमको सहभागी हुनेछ ।
राउण्ड रोविनका ढाँचामा खेलिने उक्त लिग टि–२० संरचनामा आयोजना हुनेछ ।
पारस खड्का आबद्व टिम एसिया लायन्सबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, पाकिस्तानकै मिस्बाह उल हक, मोहम्मद हफिज, शोएब अख्तर, श्रीलंका थिसेरा परेरा र मथैया मुरलीधरनले पनि खेल्दैछन् ।
भारतिय कम्पनी एब्सुलुट लेजेण्स् स्पोट्र्स प्रा. लिले आयोजना गर्ने लिगमा भारतिय लेजेण्डरी खेलाडीहरु इन्डिया महाराजस्बाट खेल्ने छ ।
त्यस्तै, एसियाली लेजेण्डरी क्रिकेटरहरुले एसिया लायन्सबाट खेल्दा विश्वका अन्य लेजेण्डरी खेलाडीहरु वल्र्ड जायन्सबाट खेल्ने गर्दछन् ।
लेजेण्डस लिगको तेस्रो संस्करण फेब्रुअरी २७ देखि मार्च ८ सम्म कतार र ओमानमा हुने तय भएको छ ।