भक्तपुर । एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली राष्ट्रिय रग्बी टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।
नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । यसअघि बंगलादेशको ढाकामा गत असारमा भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले १५ साइडमा खेलेको थियो ।
नेपाली रग्बी टोलीमा कप्तान श्रीराम श्रेष्ठ सहित विराट श्रेष्ठ, विक्रम पुरी, प्रशुराम राई, विराट ऐडी, अमर श्रेष्ठ, कपिल सापकोटा, विशेष वासु, निरज कार्की, क्षितिज कार्की, विकास मगर, सुजन कुमाल, शेरबहादुर ओली, रमित कुमाल, मिलन थापा, सुरज राना, हुत्तराज प्रधान, सुरज चौधरी, अनुराग लामिछाने, विक्रम भारती, एडु अधिकारी, सेवक कुँवर, अनिल माझी, भेषराज बास्तोला, विशाल बडु र सुमन चौलागाईं रहेका छन् ।
त्यस्तै, नेपाली टिमको प्रशिक्षकमा टंकराज गिरी रहेका छन् भने व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् ।
प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी ३ राष्ट्रको सहभागिता रहनेछ । नेपालले नोभेम्बर १९ मा भारतसंग खेल्दा २२ नोभेम्बरमा मा बंगलादेशसंग खेल्ने तालिका छ ।
नेपाली राष्ट्रिय रग्बी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला र नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।