
एजेन्सी । एसियाली क्रिकेट महासंघ (एसीसी) ले एसीसी एसिया कप २०२३ को मिति र स्थान पक्का गरेसंगै प्रतियोगिता हुने निश्चित भएको छ ।
विहिवार एसीसीले प्रतियोगिताको मिति र स्थान घोषणा गरेसंगै अन्योलमा रहेको एसिया कप हुने निश्चित भएकोे हो ।
एसीसीका अनुसार प्रतियोगिता भदौ १४ गतेदेखि ३१ गतेसम्म हुनेछ । हाइब्रिड मोडल अनुसार पाकिस्तान र श्रीलंकामा प्रतियोगिताका खेलहरु हुने भएका छन् ।
एसीसीको निर्णय अनुसार पाकिस्तानमा ४ खेल बाँकी ९ खेल श्रीलंकामा खेलाइनेछ ।
दुई समूहमा विभाजन गरि खेलाइने प्रतियोगिताको प्रत्येक समूहको विजेता र उपविजेता टोली सुपर फर स्टेजमा पुग्नेछ ।
सुपर फर स्टेजको शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनल खेल खेल्ने एसीसीले जनाएको छ ।
प्रतियोगितामा
नेपालसहित आयोजक पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र अफगानिस्तान गरि ६ टोलीको सहभागीता रहनेछ ।
यसअघि दुई प्रतिद्वन्दी राष्ट्र भारत र पाकिस्तानको तकराबका कारण एसिया कप हुने नहुने अन्योल रहेको थियो ।