भक्तपुर । एसियाली क्रिकेटको सर्वोच्च प्रतियोगिता एसीसी एसिया कपमा पहिलोपल्ट सहभागिता जनाउन गइरहेको नेपालले भोली अर्थात् बुधवार विश्व नम्बर एक राष्ट्र पाकिस्तानसंग खेल्दै डेब्यु गर्दैछ ।

पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न गइरहेको १६ औं संस्करणको एसिया कपमा नेपालले उपाधि दावेदार राष्ट्र पाकिस्तानसंग खेल्दै प्रतियोगितामा डेब्यु गर्ने भएको हो ।

खेल पाकिस्तानस्थित मुल्तान रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

एकदिवसिय अन्तराष्ट्रिय (ओडिआई) ढाँचामा हुने प्रतियोगितामा नेपालसहित पाकिस्तान, श्रीलंका, भारत, बंगलादेशअफगानिस्तान गरि ६ राष्ट्रको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल एकमात्र एसोसियट राष्ट्र हो । बाँकी पाँचै राष्ट्र टेस्ट मान्यता भएका राष्ट्रहरु हुन् ।

समूह ‘ए’ मा रहेको नेपालले ओडिआई वरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसंग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तोमा विश्व क्रिकेटको शक्तिशाली राष्ट्रहरुसंगै खेल्न पाउनु नेपालका लागि सुवर्ण अवसर समेत हो ।

नेपालले प्रतियोगितामा नतिजाको लागि भन्दा पनि अनुभवका खेल्ने पक्का छ ।

एकदिवसिय विश्वकपको तयारीका रुपमा उपाधि दावेदार भारत र पाकिस्तानले एसिया कपलाई उपयोग गर्ने पक्का हुँदा नेपालले भने उत्सवका रुपमा खेल्ने तयारी गरेको छ ।

नेपालले प्रतियोगिताअन्तर्गत दोस्रो खेल भने सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते सोमवार श्रीलंकामा खेल्नेछ ।

गत बैशाखमा नेपालमा भएको एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.