भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘इ’ को खेलमा कोस्टारिकाले जापानमाथि जित हात पारेको छ ।
आइतवारको पहिलो खेलमा उत्तर अमेरिकी राष्ट्र कोस्टारिकाले एसियाली राष्ट्र जापानमाथि १–० को जित हात पारेको हो ।
अहम्मद बिन अली रंगशालामा कोस्टारिकाका लागि एकमात्र निर्णायक गोल खेलको ८१ औं मिनेटमा किइशेर फुल्लेरले गरेका थिए । उनले यल्टसिन तेजेदाको पास सदुपयोग गरेका थिए ।
खेल अवधिभर मात्र ४ आक्रमण बुनेको कोस्टारिकाले एउटै मात्र सट टागे्रटमा हानेको थियो र सोहि सट गोलमा परिणत भएको थियो । एसियाली राष्ट्रले भने १३ आक्रमण बुन्दा एक पनि गोल निकाल्न सकेन ।
जितसंगै कोस्टारिकाले महत्वपूर्ण ३ अंक जोड्दा नकआउट चरण पुग्ने सम्भावना कायमै राख्यो । पराजित जापानको पनि ३ अंक छ ।
उसो त यो खेलसंगै समूह ‘इ’ को दोस्रो चरण पुग्ने समिकरण खुल्ला भएको छ ।